७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

ओलीले जनता र महिलालाई बहकाएर सत्ता टिकाउन खोजे : देउवा



काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई सत्ताको हतार नभएको तर आइलागे जिम्मेवारीबाट नभाग्ने बताएका छन् । शनिबार नेपाली काँग्रेस केन्द्रीय विभागले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले अहिले देशकोे स्थिती अन्यान्तै तरल रहेको बताए । देउवाले भने, अहिले देशको स्थिती अत्यन्तै तरल छ। नेपाली काँग्रेसलाई सत्ताको हतार त छैन । लोभपनि छैन । तर, जिम्मेवारी आइपरे भाग्दैनौं।

त्यस्तै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले झुठा नारा दिँदै जनतालाई, महिलालाई बहकाएर सत्ता टिकाउने खेल खेलको आरोप लगाए । सभापति देउवाले कम्युनिष्टहरुले सर्वसत्तावाद लाद्न खोजेको भन्दै त्यसको बिरुद्धमा नेपाली काँग्रेस लड्न तयार रहेको पनि बताए । प्रजातन्त्र जोगाउने पार्टी काँग्रेस बाहेक अन्य कुनै दल नभएको सभापति देउवाल जिकिर गर्नुभयोे । उहाँले भन्नुभयो, ‘ओलीले झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर सत्ता टिकाउने खेल खेलिरहेका छन्, उनी सर्वसत्तावाद लाद्न चाहन्छन्, तर हामी प्रजातन्त्रलाई स्थायीत्व दिन चाहन्छौँ देउवाले भने ।


प्रतिक्रिया दिनुहोस !