१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

असिना पानीले दुई करोड बराबरका इँटा नष्ट



नवलपरासी : नवलपुरमा असिना पानीका कारण करीब रु दुई करोड बराबरको इँटा नष्ट भएको छ । गत बुधबार साँझ परेको असिनासहितको पानीले नवलपुरमा रहेको इँटा उद्योगमा रु एक करोड ८० बराबरको क्षति पुगेको छ । हावाहुरी, पानी र असिना परेका कारण पोल्ने अवस्थामा तयारी रहेका काँचा इँटामा क्षति भएको नवलपुर इँटा सङ्घका सचिव कृष्ण गौतमले जानकारी दिए । नवलपुरमा अहिले आठ इँटा उद्योग सञ्चालनमा छन् ।

सबै इँटा उद्योगमा गरेर पोल्नका लागि तयारी अवस्थामा रहेका ४० लाख काँचो इँटा नष्ट भएको उनले बताए । सबै इँटा उद्योगमा पानी जम्ने समस्याका कारण एक्कासी आउने पानीले बढी क्षति हुने गरेको उनले बताए । अन्य व्यवसायको बीमा भए पनि इँटाको बीमा नहुँदा क्षतिमा राहत पाउने अवस्था नभएको इँटा व्यवासायीहरुको गुनासो छ । नवलपुरमा नारायणी इँटा उद्योग, माता मनकामना इँटा उद्योग, केसी इँटा उद्योग, नेपाल इँटा उद्योग, कावासोती इँटा उद्योग, देवचुली इँटा उद्योग, मनोकामना इँटा उद्योग र कावा इँटा उद्योग सञ्चालनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !