१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

उत्तर कोरियासँग वार्ता गर्ने बाईडेनको प्रयास असफल, किमको बेवास्ताले चिन्तित अमेरिका !



काठमाडौं : अमेरिकी बाईडन नेतृत्वको प्रशासनले उत्तर कोरियासँग वार्ता गर्ने प्रयास गरेपनि असफल भएको छ । पछिल्लो एक महिनादेखि बाईडेन प्रशासनले विभिन्न च्यानल मार्फत वार्ताको प्रयास गरेपनि असफल भएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । वासिंटनका एक वरिष्ठ प्रशासन आधिकारीले विभिन्न च्यानलबाट प्योंगयांगसम्म पुग्ने अमेरिकी प्रयास प्योंगयांगले वेवास्ता गरेपछि असफल भएको हो । संभावित जोखिम कम गर्न हामीभन्दा बाहिर रहेको उत्तर कोरियाली सरकार मार्फत धेरै च्यानलमा प्रयत्न गर्यौ तर प्योंगयांगले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ती बरिष्ठ प्रसाशनिक अधिकारीले भने ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङउनका बीचमा भेतनाममा भएको वार्ता असफल भएपछि संवादहीनताको अवस्था रहेको छ । संयुक्त राज्य अमेरिकोको बाईडेन प्रशासनले अब केही हप्तापछि आफ्नो उत्तरकोरिया नीति घोषणा गर्ने तयारी गरेको छ । उत्तर कोरियाले हालै आणविक हतियार लुकाउन भण्डारण गरिरहेको अमेरिकी समाचार एजेन्सीहरुले आशंका गरेका छन् । अमेरिका र उत्तर कोरियाको बीचमा दुष्मनीपूर्ण सम्बन्ध रहँदै आएको छ । उत्तर कोरियाले आणविक हतियार उत्पादनमा एकपछि अर्को गरेको सफलता अमेरिकाको टाउको दुखाईको बिषय बनेको छ ।


प्रतिक्रिया दिनुहोस !