१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहने छ । त्यस्तै, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एकरदुइ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस !