१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

त्रिवि शिक्षण अस्पतालमा ११ महिने बालकमा सफलतापूर्वक कलेजो प्रत्यारोपण



काठमाडौं : महाराजगन्जिस्थत त्रिवि शिक्षण अस्पतालमा ११ महिने बालकमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । टिचिङमा पहिलोपल्ट यति सानो बालकमा कलेजो प्रत्यारोपण गरिएको हो । ती बालकलाई उनका ३५ वर्षीय बुवाले कलेजो दान गरेको र उक्त कार्य सफलतापूर्वक सम्पन्न भएको कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेश सिंह भण्डारीले जानकारी दिएका छन् । डा. भण्डारीले यो सफलताको खुसी आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । उनले गएराति १२ बजे प्रत्यारोपण कार्य सकिएको बताएका छन् ।

प्राध्यापक डा. भण्डारीकै नेतृत्वको टोलीले उक्त प्रत्यारोपण गरेको हो ।​ टिचिङमा डा. भण्डारीको नेतृत्वमा कलेज प्रत्यारोपण सफल भएको यो पाँचौँ घटना हो । टिचिङमा गत वर्ष नै पहिलोपटक एक छोरीले बाबुलाई दिएको कलेजो प्रत्यारोपण गरेर यस क्षेत्रमा सफलता हासिल गरिएको थियो । डा. भण्डारीका अनुसार बिरामी बालकका अभिभावकले विदेशमा गएर कलेजो प्रत्यारोपण गर्न चाहेका थिए । यसका लागि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहयोग गर्न अनुरोध गरेका थिए । तर प्रधानमन्त्री ओलीले टिचिङमै यो अप्रेसन सफल हुने विश्वास दिलाउँदै उक्त कार्यका लागि पहल गरिदिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !