१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

पेस्तोलसहित तीन जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको मर्चवारी– ७ कन्चनापुरबाट प्रहरीले चेकजाँचका क्रममा १ थान गोली नभएको कटुवा पेस्तोल बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी डिएसपी एवं प्रवक्ता सत्य नारायण थापाले भारतीय नम्बरको पेल्टको मोटरसाइकललाई शंका लागि खान तलासी गर्ने क्रममा कटुवा पेस्तोल थान १ फेला परेको बताए । पक्राउ पर्नेमा सुरज हरिजन,सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !