७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

माओवादीको बैकठमा एमालेमा गएका बादलसहितका २३ जनालाई कारबाहीको प्रस्ताव



काठमाडौं । नेकपा माओवादी केन्द्रले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि औपचारिक पत्र पठाउने भएको छ । सोमबार पेरिसडाँडामा बसेको पार्टीको केन्द्रिय कमिटी बैठकले शनिबार सोधेको स्पष्टीकरणको जवाफ नआएपछि कारवाही प्रक्रिया अघि बढाउन औपचारिक पत्र पठाउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक केन्द्रीय कमिटि बैठक बोलाइएको हो । सर्वोच्चको फैसलापछि पनि पार्टीमा नफर्केका नेताहरुको नाम एमालेको केन्द्रीय समितिमा आएपछि माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई शनिबार २४ घण्टे स्पष्टिकरण सोधेको थियो । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गृहमन्त्री थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन समेत दिइसकेको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बठैक सोमबार फेरि बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !