२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

ओलीले प्रधानमन्त्रीको प्रस्ताव गरेकै दिन गोप्य रुपमा भारतीय दूतावास छिरे महन्त ठाकुर



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको समाचार आईरहेको बेला शुक्रबार फाल्गुन २८ गते महन्त ठाकुर दिवाभोजन का लागि लैनचौरस्थित भारतीय दूतावास छिरेको खुलासा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता साझेदारीको निम्ति धेरै चरणको कुराकानी गरिसकेका ठाकुरलाई पार्टीभित्रै र नेपाली काँग्रेस तथा माओवादी केन्द्रबाट ओलीको विकल्पमा खुट्टा टेक्न आग्रह आइरहेको सन्दर्भमा राजदूत विनयमोहन क्वात्रासँग भएको त्यस दिनको डेढ घण्टा लामो लञ्चलाई अर्थपूर्ण ठानिएको छ ।

यता, सिंहदरबारस्थित संसद सचिवालय हातामा रहेको जसपा संसदीय दलको कार्यालयमा पूर्वसंघीय समाजवादी दलका सांसदहरूको छुट्टै भेटघाट भइरहेको छ । पूर्वराजपा समूहले आफ्नै ढंगले सत्ता समीकरणको निम्ति पहल गरेपछि काउण्टरमा समाजवादीका सांसदहरूले पनि उक्त प्रक्रिया अघि बढाएका हुन् ।

प्रधानमन्त्री ओलीलाई साथ दिने सम्बन्धमा ग्रिन सिग्नल लिन महन्थ लैनचौर गएकै समय बालुवाटारमा ओलीले एमालेका निर्वाचित पदाधिकारीको जिम्मेवारी चैट बनाइदिएका थिए । सरकार टिकाउन राजपा समूहको १७ जना सांसद भित्र्याउने तयारी गरिरहँदा प्रधानमन्त्रीले आफ्नै दलका ४० जना सांसदलाई चिढाईसकेका छन् । त्यसैगरी माओवादी केन्द्रको पेरिसडाँडामा बसिरहेको केन्द्रीय समितिको बैठकले सरकारमा रहेका तर पार्टी छाडेर एमाले केन्द्रीय सदस्यको जिम्मेवारी लिएका सबैलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ । पार्टीले निर्वाचन आयोग र संसद सचिवालयमार्फत् ती माननीय संसद सदस्य नरहेको औपचारिक जानकारी गराएमा स्वतः पदमुक्त हुने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !