१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कञ्चनपुरमा वडाध्यक्ष विकमाथि कुटपिट



काठमाडौं : कञ्चनपुरको बेदकोट नगरपालिका ५ वडाध्यक्ष गणेक विकमाथि कुटपिट भएको छ । गएराति स्थानीय व्यवसायी राजेन्द्र बोहरा र धनराज बोहरा समुहले वडाध्यक्षमाथि कुटपिट गरेका हुन् । समान्य विवाद छलफलका क्रममा राजेन्द्र र धनराजले वडाध्यक्ष विकमाथि कुटपिट गरेको जनाइएको छ । बोहरा समुहले ढुङ्गा प्रहार गरि घाईते बनाएको पीडितको भनाइ छ । वडाध्यक्ष विकको मुखमा चोट लागेको छ भने उनको अहिले महाकाली अस्पतालमा उपचार भईरहेको छ । वडाध्यक्ष विकले समान्य विवाद छलफलका क्रममा बोहरा पक्षबाट ढुङ्गा प्रहारी गरि मार्न खोजेको बताएका छन् । वडाध्यक्षमाथि कुटपिट दुव्र्यवहार गर्ने समुहमाथि बेदकोट नगरपालिकाले कार्बाहीको माग अघि सारेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय