८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

अविश्वासको प्रस्ताव फिर्ता नलिने सांसदहरुलाई कारबाही गर्ने मुख्यमन्त्री राईको चेतावनी



काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सांसदहरुलाई हस्ताक्षर फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार विराटनगरस्थित प्रदेश सभा भवनमा कोरोना खोप लगाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता एवम् मुख्यमन्त्री राईले हस्ताक्षर फिर्ता लिन पार्टीले निर्देशन दिइसकेको र एक दुई दिनभित्र संसदीय दलको तर्फबाट सम्बन्धित सांसदहरुलाई पत्राचार गरिने जानकारी दिए । प्रदेश १ मा नेकपा एमालेका तर्फबाट ५१ जना प्रदेश सांसदहरु रहेका छन् । जसमध्ये मुख्यमन्त्री शेरधन राईविरुद्ध ३७ जना नेकपाका प्रदेश सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएकोमा ५ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् । प्रदेश १ को स्वास्थ्य निर्देशनालयले प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सांसदहरु, प्रदेश सभामा कार्यरत कर्मचारी र सुरक्षाकर्मीहरुका लागि एक दिने कोरोना खोप अभियान सञ्चालन गरेको हो ।

 


प्रतिक्रिया दिनुहोस !