६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

सरकार बनाउन कांग्रेस, माओवादी र जसपाको बैठक बस्दै, कांग्रेसले नेतृत्व गर्ने सम्भावना



काठमाडौं : नयाँ सत्ता समीकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को त्रिपक्षीय बैठक आज बस्ने भएको छ । यी तीन राजनीतिक दलहरुबीच एक आपसमा पटक पटक छलफल भएपनि सत्ता सहकार्यकै लागि पहिलो पटक त्रिपक्षीय बैठक बस्न लागेको हो ।

आजको बैठकले भावी प्रधानमन्त्रीबारे सहमति जुटाउने कांग्रेस नेताहरुले बताएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र सरकारमा जानुहुन्न भन्ने मत मत्थर भइसकेको छ भने संस्थापन इतर समूहले नेतृत्वका लागि अगाडि बढ्न सभापति शेरबहादुर देउवालाई सहमति दिइसकेको छ ।

सरकारको नेतृत्वको विषयमा कांग्रेस एकमत देखिएको र अंक गणितका हिसाबले पनि ठूलो रहेकाले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने सम्भावना बलियो रहेको देउवानिकट नेताहरुको बुझाई छ । माओवादी केन्द्रले पनि जुनसुकै शर्तमा प्रधानमन्त्री केपी ओलीलाई हटाउने बताउँदै आएको छ । जसपाले पनि नयाँ सरकारबारे एकमत बनाईसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय