१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

उग्र बन्यो म्यानमारमा सेनाविरुद्धको प्रदर्शन, एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु



काठमाडौं । म्यानमारमा सेनाविरुद्धको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागी ३८ प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारमा सेनाले कू गरेपछि आइतबार एकैदिन सबैभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको हो । आइतबार प्रदर्शनकारीहरुले चिनियाँ व्यवसायमा पनि आक्रमण गरेका थिए । चिनियाँ लगानीको व्यवसायमा आक्रमण गरेसँगै केही स्थानमा सैन्य कानुन लागू भएको घोषणा गरिएको थियो । चीनले म्यानमारको सेनालाई साथ दिएको भन्दै म्यानमारका प्रदर्शनकारी चीनप्रति आक्रामक देखिएका हुन् ।

म्यानमार फेब्रुअरी १ देखि सेनाले प्रजातन्त्र पक्षधर नेताहरुलाई हिरासतमा लिँदै सत्ता आफ्नो हातमा लिएको थियो । सेनाले गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै सत्ता आफ्नो हातमा लिएको थियो । आइतबार भएको आन्दोलनको क्रममा यान्गोन सहरमा मात्र २१ प्रदर्शनकारीको प्रहरीको गोली लागी मृत्यु भएको थियो । आइतबार कम्तीमा ३८ प्रदर्शनकारीको मृत्यु भएको र अन्य धेरै प्रदर्शनकारीहरु घाइते भएको बताएको छ । चीनले यो क्षेत्रमा रहेका आफ्ना १० कारखानामा प्रदर्शनकारीले आगजनी गराएको बताएको छ । आगजनी गरिएका कारखानाहरुमा अधिकांश कपडा उत्पादन कारखाना थिए । त्यस्तै एक चिनियाँ होटलमा पनि आक्रमण भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय