१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

चन्दा उठाउँदै हिँडेका ५ जना पक्राउ



पोखरा : कास्कीको पोखरा महानगरपालिका–१, नयाँगाउँ, मितेरी टोलस्थित मितेरीपुलनजिक अवैध रूपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडिरहेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–९, पृथ्वीचोक बस्ने मकवानपुरको बकैया गाउँपालिका–१, आहालडाँडाका ३७ वर्षीय निमा तामाङ, ६० वर्षीय धनबहादुर लामा, ३५ वर्षीय पदमबहादुर लामा, २६ वर्षीय विजय लामा र ३५ वर्षीय जितबहादुर थिङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारसमेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट चन्दाबापत् उठाएको रकम ४२ हजार ४९१ रुपैयाँ, रसिद ठेली, विभिन्न फाइल तथा रजिष्टरहरु र फोटोसमेत प्रहरीले बरामद गरेको छ । उनीहरुविरुद्ध ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !