१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

टी–२० मा ३ हजार रन बनाउने पहिलो खेलाडी बने कोहली



पोखरा : भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली विश्वमै टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा ३ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । कोहलीले ४९ बलमा नटआउट रहँदै ७३ रनको योगदान दिए । हालसम्म ८७ टी–२० मा ५०.८६ को औसतले उनले ३ हजार १ रन बनाएका छन् । न्यूजील्याण्डका मार्टिन गुप्टिल ९९ खेलबाट २ हजार ८३९ रन बनाउँदै दोस्रो स्थानमा रहेका छन् । टी–२० सबैभन्दा पहिले १ हजार र २ हजार रनको आँकडा न्यूजिल्याण्डका ब्रेन्डन म्याकलमले पार गरेका थिए ।

सन् २०१० मा उनी १ हजार रन बनाउने पहिलो खेलाडी बनेका थिए भने सन् २०१४ मा उनले २ हजार रन पुरा गरे । सन् २०१९ मा उनले सन्यास लिइसकेका छन् । त्यस्तै, कप्तानका रुपमा कोहलीले तीन फर्म्याट टेस्ट, वानडे र टी–२० मा १२ हजार रन पुरा गरेका छन् । कप्तानका रुपमा सबैभन्दा धेरै रन बनाउनेमा उनी तेस्रो नम्बरमा छन् ।

१५ हजार ४४० रनसहित अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ शीर्ष स्थानमा रहेका छन् । उता इसान किसनले सोही खेलमा ३२ बलमा ५६ रनको बिष्फोटक पारी खेले । पहिलो टी–२० खेलमा ५० रनभन्दा बढी बनाउने उनी दोस्रो भारतीय हुन् । यसअघि अजिंक्य रहानेले अर्धशतक बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय