१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

धुम्बाराही बैठक : मिलेन ओली र नेपालका कुरा



काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षले फागुन २८ गतेको निर्णय नमान्ने बताएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते माधव नेपाल पक्षका नेताको जिम्मेवारी खोस्दै केन्द्रीय कमिटी समेत विस्तार गरेका थिए । पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफलमा नेपाल पक्षले उक्त निर्णय नमान्ने जानकारी गराएको हो । छलफलपछि नेपाल पक्षका नेता रघुजी पन्तले फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेको निर्णय नमान्ने जानकारी गराएको बताए । उनले अध्यक्ष ओलीले सकारात्मक रुपमा वार्ता अगाडि बढाउन पहल गर्ने अपेक्षा गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !