१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नेपाल समूहसँग राष्ट्रिय कार्यकर्ता भेला स्थगित गर्न ओलीको हारगुहार



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खनाल समूहले बोलाएको कार्यकर्ता भेला स्थगित गर्न आग्रह गरेको छ । एमालेलाई एकिकृत र बलियो बनाएर लैजानु पर्नै समयमा नेपाल समूहले बोलाएको कार्यकर्ता भेलाले राम्रो सन्देश नदिने भन्दै अध्यक्ष ओलीले भेला स्थगित गर्न आग्रह गरेका हुन् । पार्टी कार्यालय धुम्बाराहीमा आज (सोमवार) भएको छलफलमा ओलीले राष्ट्रिय कार्यकर्ता भेला स्थगित गर्न आग्रह गरिएको पार्टी सचिव प्रदीप ज्ञवालीले बताए । नेपाल पक्षले भने संस्थापन पक्षद्वारा गत २८ गते आयोजना गरिएको विशेष वैठकका निर्णयहरू रद्द गर्नुपर्ने शर्त राखेको छ । २८ गतेको निर्णय रद्द गरिए घोषित भेला स्थगित गर्न सकिने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !