spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

इजरायलले पाटन अस्पताललाई दियो स्वास्थ्य उपकरण

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं : नेपालस्थित इजरायली राजदूतावासले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । राजदूत अन्न गोडरले आज अस्पतालका निर्देशक डा. रवि शाक्यलाई एकएक थान एनेस्थेसिया प्रविधि, प्यासेन्ट मनिटर र इलेक्ट्रोकाडियोग्राफ उपकरण हस्तान्तरण गरे । सो अवसरमा राजदूत गोडरले ललितपुरमा रहेका धेरै अस्पतालमध्ये पाटन अस्पताल कोरोनाको उपचार र नियन्त्रणमा अग्र स्थानमा रहेर पाउँदा सहयोग गर्न लागिएको बताए ।

अस्पतालका निर्देशक डा. शाक्यले कोभिडका कारण लगभग १० महिना आर्थिक रुपमा थला परेको अस्पतालले सामग्री पाउँदा थप आवश्यक सेवा दिन सक्ने भएको जनाए । एनेस्थेसिया प्रविधि हरेक बिरामीलाई शल्यक्रिया गर्नुपर्दा बेहोश गर्न काम लाग्नाका साथै प्यासेन्ट मनिटर भने बेहोश बिरामीको रक्तचाप, मुटुको चाल तथा श्वासप्रश्वास आदिका बारेमा जानकारी लिन आवश्यक पर्छ । त्यस्तै इलेक्ट्रोकाडियोग्राफ उपकरणले मात्र मुटुको अवस्थाका बारेमा चिकित्सकलाई राम्रो जानकारी दिन्छ ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

उपत्यकामा थपिए २,६३५ जना संक्रमित

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: