१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

तीन हजार तीन सयमा नमूना परीक्षण गर्दा ७९ जनामा कोरोना संक्रमण



काठमाडौं : पछिल्लो २४ घन्टामा थप ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३३ सय ११ वटा स्वाब नमूना परीक्षण गराउँदा ७९ जनामा भाइरस संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३१० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घन्टामा थप ७५ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख ७१ हजार ४०१ पुगेको छ। निको हुने प्रतिशत दर ९८.६ हो। यस्तै मन्त्रालयका अनुसार ८९५ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै अहिले ४४ जना क्वारेन्टाइन र ८९५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !