१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सत्ता समीकरणको तीव्र छलफल चलिरहेको बेला राष्ट्रपतिले बोलाईन् सर्वदलीय बैठक



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाईसमेत बोलाइएको छ । सर्वदलीय बैठकको एजेण्डा नखुलाइए पनि पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको ठानिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।

सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील भएपछि सत्ता समीकरणमा हेरफेरको सम्भावना बढेको छ । सत्ता समीकरणका लागि दलहरुबीच तीव्र छलफल भइरहेको समयमा राष्ट्रपतिले सर्वदलीय बैठक आयोजना गर्न लागेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !