१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नेपाल समूहले राष्ट्रिय भेला बोलाएपछि दबाबमा परेका ओलीले प्रचण्डलाई गरे फोन



बुटवल । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेको स्रोतले बताएको छ । उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको दाबी छ । तर प्रचण्डले भेटका लागि रुची नदेखाएका स्रोतले बताएको छ । पार्टीको बैठक चलिरहेको छ । बैठक सकेपछि खबर गरौंला भन्नुस् भनेका थियौं । के गर्नु हुन्छ माओवादी केन्द्रका नेताले भने । ओली आफु पार्टी भित्र समस्या परेपछि एकपछि अर्को गरी नयाँ नयाँ गोटी चाल्ने गर्दछन् । ओलीको नयाँ नयाँ चाललाई प्रचण्डले राम्रोसँग बुझेको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !