१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

चीनको नाका जोड्ने १२ किमी सुरुङमार्ग निर्माण शुरु हुने



काठमाडौं : दोलखाको उत्तरी सीमा र चीनको नाका जोड्ने १२ किमी सुरुङमार्ग निर्माण शुरु हुने भएको छ । लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले यसका लागि यसै वर्षमा ठेक्का लाग्ने बताईसकेका छन् । सडक विभागले उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको लामाबागरदेखि बन्ने सुरुङमार्गको डिजाइन तयार गरेको छ । सुरुङमार्ग निर्माण गर्नका लागि बहुवर्षीय ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेटको सहमति पनि माग गरिएको छ । विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार यसरी सडक यातायात चलेमा चीनसँग जोडिने छोटो मार्ग बन्ने छ । माथिल्लो तामाकोशीको मुखबाट शुरु हुने उक्त मार्ग निर्माणपछि चीनबाट आयात हुने सामान ढुवानी गर्न र दोलखामा उत्पादित तरकारी तथा अन्य बालीको निकासी गर्न सहज हुने स्थानीयवासीले बताए ।


प्रतिक्रिया दिनुहोस !