१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

प्याराग्लाइडिङ दुर्घटनामा परी सेनाका एक जवानको मृत्यु



कास्की : सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु¥याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे निधन भएको हो ।

 


प्रतिक्रिया दिनुहोस !