८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाको सहज जीत



काठमाडौं । लिओनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानि ला लिगामा हुएस्कालाई ४–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । साथै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमान बराबरी गर्दा दुई गोल गर्नुका साथै एक असिस्ट गरे । उनले बार्सिलोनाका लागि ७६७ खेल खेलेका हुन् । सन् २००४ मा डेब्यु गरेका मेस्सीले ला लिगामा ५१० खेल खेलेका छन् ।

मेस्सीले खेलको १३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै अग्रता दोब्बर पारे । हुएस्काका राफा मिरले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीबाट गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । तर बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थप्यो । ओस्कार मिगुएजाले मेस्सीको पासमा ५३ औं मिनेटमा गोल गरे । मेस्सीले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ४–१ को सहज जित हात पारेको हो । जितपछि २७ खेलबाट ५९ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लेको छ भने लिग लिडर एट्लेटिकोलाई पछ्याइरहेको छ । एट्लेटिकोको समान खेलबाट ६३ अंक छ । यस्तै २७ खेल खेलेको रियल ५७ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !