१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

आजको ओलीको चियापान कार्यक्रम नेपाल समूहले बहिष्कार गर्ने



काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोजना गर्ने चियापान कार्यक्रमलाई नेपाल खनाल समूहले बहिष्कार गर्ने भएका छन् । सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताएपछि ओलीले पार्टीका केन्द्रिय सदस्यहरुका लागि वालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका हुन् । दुई कित्तामा देखिएको एमालेमा ओलीको चियापानलाई महत्वका साथ हेरिएको छ । फागुन २८ गते पार्टीको जिम्मेवारीमा ब्यापक हेरफेर गरिएको र चैत ७ गते केन्द्रीय कमिटी बैठक डाकिएकाले यो चियापानलाई सोही बैठकको तयारीको रुपमा पनि हेरिएको छ ।

एमालेका सबै नेतालाई बोलाइएको चियापान कार्यक्रममा माधव नेपाल र झलनाथ खनाल समुहले भने बहिष्कार गर्ने बताईसकेको छ । पार्टीलाई एकतावद्ध गराउने भन्दै हिजो पार्टी कार्यालय धुम्बाराहीमा बसेको ओली–नेपाल पक्षको बैठक ठोस निष्कर्षमा पुगेको थिएन् । लगत्तै नेपाल–खनाल पक्षको बैठक बसेर ओलीले आयोजना गरेको चियापानमा सहभागि नहुने निर्णय गरेको थियो । एमालेमा समानान्तर कमिटी गठन गरेको नेपाल–खनाल पक्षले चैत्र ४ गते राष्ट्रिय कार्यक्रता भेला आयोजना गरेको छ ।


प्रतिक्रिया दिनुहोस !