१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

विप्लव नेकपाकी पोलिटब्यूरो सदस्य उमा भुजेलको घरमा पक्राउ पूर्जी



काठमाडौं : फागुन २१ गते सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदेँ सहमति भएपछि खुला राजनीतिमा आएको नेकपाका नेता कार्यकर्तामाथि प्रहरीले पक्राउ पूर्जी जारी गर्न थालेको छ । दुई पक्षीय सहमति अनुसार सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ र सो पार्टीका जेल हिरासतमा रहेका नेता तथा कार्यकर्ताहरू रिहाई हुने प्रक्रियामा छन । तर प्रहरीले भने नेकपाका नेता तथा कार्यकर्ताहरूका घर–घरमा पक्राउ पुर्जी पठाउने काम रोकेको छैन । सोमबार नेकपाकी नेतृ उमा भुजेल ‘शिशु’को गोर्खा भच्चेक काफलडाँडामा रहेको घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेको छ । जिल्ला अदालथ मोरङबाट जारी कर्तव्य ज्यान मुद्धाको उक्त पुर्जी गोर्खाको भच्चेक प्रहरी चौकीका सईको नेतृत्वमा गएको प्रहरी टोलीले बिहान ८ बजे पुर्जी टाँसेको भुजेलको पारिवारीक स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !