८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

दार्चुलामा कार्कीको हत्यामा संलग्न रहेको आशंकामा ४ जना पक्राउ



दार्चुला । दार्चुलाको लेकम गाउँपालिका रमेश कार्कीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । गत शनिबार दार्चुला र बैतडीको सिमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका लेकम गाउँपालिका वडा नम्बर १ सेजालीका ३५ वर्षीय कार्कीको गरेको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अनुसन्धानकै क्रममा रहेकाले नियन्त्रणमा लिइएका व्यक्तिहरुको नाम खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए ।

सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक साउँदले बताए । गत शुक्रबार गोकुलेश्वरस्थित शिवरात्री मेला हेर्न गएका कार्की घर नफर्केपछि खोजतलास गर्दा शनिबार बेलुका चौलानी नदीको बीच भँगालोमा मृत फेला परेका थिए । कार्कीको टाउको, मुख, पेट, छाती र खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ । कार्कीको शव गोकुलेश्वर अस्पतालमा रहेको छ । शव पोस्टमार्टम भए पनि आफन्तले अझै शव बुझेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !