७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

बोलेरो दुर्घटनामा परि ४ जनाको मृत्यु , ७ जना घाईते



काठमाडौं : सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित करमडाडामा बोलेरो दुर्घटनामा परि ४ जनाको मृत्यु छ । मंगलबार दिउँसो सिन्धुलीमाडीबाट बाँसकटेरीतर्फ जादै गरेको बा १७ च १११७ नम्बरको डबल क्याप बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु र ७ जना घाते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका–७ बाँसकटेरीका अन्दाजी ६२ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीय रीता इस्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र २ वर्षीय छोरा मनिष श्रेष्ठ छन् । दुर्घटनाबाट घाइते हुनेमा २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीया शान्तिमाया थिङ, २२ वर्षीया कविता श्रेष्ठ, ५० वर्षीया सुनमाया थिङ, ३० वर्षीया सुनमाया थिङ, २८ वर्षीय बिनिता श्रेष्ठ र २ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !