१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

फेरी संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको चेतावनी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद चल्ने अवस्था नभए फेरि पनि संसद विघटन हुने चेतावनी दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार शीतलनिवासमा आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभाको विघटन पनि सही भएको भन्दै अब पनि सरकार र संसद राम्रोसँग चल्ने अवस्था नभए विघटन गरेर चुनावमा जानुको विकल्प नरहने बताएका हुन् । संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्दै ओलीले सरकार र संसद नचले फेरि पनि विघटन हुने बताएका थिए । प्रधानमन्त्री ओलीले निर्वाचन घोषणालाई प्रतिगमन भनेकोमा पनि असन्तुष्टि ब्यक्त गरेको जनाइएको छ ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको भन्दै सरकारकाले गरेको सिफारिस कार्यान्वयन मात्रै गरेको र आफ्नो निर्णयबाट कुनै काम नगरेको बताएकी थिईन् । वैठकमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दलका नेताहरु सहभागी थिए । तर पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र डा। बाबुराम भट्टराइ भने वैठकमा गएनन् ।


प्रतिक्रिया दिनुहोस !