१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भाइरल बन्यो मुख्यमन्त्री राईको हेलिकोप्टरमा ससुसराली यात्रा



विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको ससुराली गाउँको यात्राको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । पत्नी ज्याङ्मु शेर्पाले सामाजिक सञ्जालमा हेलिकोप्टरमा ससुराली गाउँ पुगेको फोटो सार्वजनिक गरेपछि तस्बिर भाइरल भएको हो । मुख्यमन्त्री शेरधन राईका निजी सचिव नवराज राईका अनुसार सङ्खुवासभाको मकालु गाउँपालिकामा श्रीमतीसहित मुख्यमन्त्री राई फागुन १३ गते पुगेका थिए । त्यस क्रममा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्किएको उनले बताए । मुख्यमन्त्रीज्यू काठमाडौँ नेकपा एमालेले आयोजना गरेको चियापानमा सहभागी हुन जानु भएको छ,’ राईले भने, ‘सार्वजनिक भएको फोटो अलिक पुरानो हो ।

मुख्यमन्त्रीकी श्रीमती ज्याङ्मुले मङ्लबार फोटो सार्वजनिक गरेपछि तस्बीर भाइरल भएको हो । मैले भर्खरै आफ्नो जन्मस्थल सङ्खुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान् माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुसी लाग्यो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ, सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुसी लाग्यो ।’ उनले गाउँमा सडक, विद्युत्, शिक्षा, स्वास्थ्य र सञ्चारलगायतको पहुँच नपुगेको सामाजिक सञ्जालमा लेखेकी छन् ।


प्रतिक्रिया दिनुहोस !