११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

आजै पाँच सहसचिवसहित दुई उपसचिव बढुवाका लागि सिफारिस



काठमाडौं । आगामी साता लोकसेवा आयोग पदाधिकारी विहिन हुँदैछ । १० चैत्रदेखि लोकसेवा आयोग रिक्त हुने भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यान चाहिँ ध्यान धमाधम कर्मचारी बढूवामा केन्द्रित हुन थालेको छ । अहिले मन्त्रालयको बढुवा सिफारिस समितिले विभिन्न सेवा समूहमा सहसचिव, उपसचिव र शाखा अधिकृतमा बढुवा सिफारिसको काम गरिरहेको छ । आजै मात्र बढूवा समितिले पाँच सहसचिव र दुइ उपसचिव बढुवाका लागि सिफारिस गरेको छ । आज बसेको बढुवा समितिको बैठकले सहसचिवमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङनका आधारमा र उपसचिवमा कार्यक्षमताको आधारमा बढुवाका लागि सिफारिस गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

बढुवा समितिको सचिवालय समेत रहेको मन्त्रालयको बढुवा शाखाका अनुसार ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङनका आधारमा सहसचिवमा बढुवा हुनेमा नेपाल इन्जिनियरिङ सेवा अन्तरगत सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूह र सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूहमा दुइ दुइ जना र नेपाल इन्जिनियरिङ समूह, हाइवेको एक जना रहेका छन् । उपसचिवमा बढुवाका लागि तीन सय १० जनाले दरखास्त दिएकामा दुई सय ६१ उम्मेदवार कायम भएका थिए । तीमध्ये एक सय २६ जना बढुवाका लागि सिफारिस भइसकेका छन् । सचिवालयका अनुसार कार्यक्षमताको आधारमा उपसचिव बढुवा हुनेमा नेपाल शिक्षा सेवा अन्तरगत पुरातत्व समूहमा एक जना रहेका छन् । कार्यक्षमताकै आधारमा उपसचिवमा नेपाल विविध सेवा अन्तरगत प्रमुख महिला विकास अधिकृतमा पनि एक जना बढुवा भएका छन् ।


प्रतिक्रिया दिनुहोस !