१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

रुसको खतराबाट बच्न आणविक हतियार बनाउछौँ : बेलायती प्रधानमन्त्री जोनसन



धनगढी : बेलायतका प्रधानमन्त्री जोनसन बोरिसले आफ्नो देशका लागि रुस सबभन्दा बढी सुरक्षा खतरा रहेको बताएका छन् । रुसको खतराको सामना गर्न बेलायतले उच्च स्तरको आणविक हतियार निर्माण गर्ने बोरिसले बताए । त्यसका लागि बेलायतले अगामी ४ बर्षमा ३३.३ बिलियन डलर सुरक्षा बजेट बढाउने बोरिसले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिए । बेलायतले सन् २०१९ २० मा ४२ बिलियन पाउण्ड सुरक्षा बजेट खर्च गरेको थियो । बेलायतको सैन्य बजेट बढेपछि अमेरिकी नेतृत्वमा रहेको नेटो पनि बलियो हुने अमेरिकी सैन्य विज्ञहरु बताउँछन् । त्यस्तै चीनको बढ्दो शक्तिले पनि बेलायतलाई असर पर्ने बेलायती जानकारहरु बताउँछन् । त्यस्तै बेलायती ब्यवस्थापिकाको रिपोर्ट सार्वजनिक गर्दै जोनसनले सिन्जीयांग प्रान्तमा चीनले उईगर मुसलमानमाथि दमन गरेको र हङकङमा प्रजातन्त्र समर्थितहरुकमाथि दमन गरेको भन्दै आलोचना पनि गरे ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय