७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

काठमाडौं आएका नेपाल/खनाल समूहका ३५०० कार्यकर्तालाई १० समूहमा विभाजन



काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीहरुलाई १० समूहमा विभाजन गरिएको छ । ललितपुरको सानेपामा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट आएका सहभागीहरुलाई ७ प्रदेश, केन्द्रीय विभाग, केन्द्रीय निकाय र जनवर्गीय संगठनका आधारमा विभाजन गरिएको हो। देशभरका कार्यकर्ताहरुलाई समूहगत विभाजन गरी छलफल गर्न लागिएको एमालेले जनाकारी दिएको छ । काभेलाका लागि देशभरबाट झण्डै ३५ सय सहभागी आइपुगेको आयोजकको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !