१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

जुवा खालबाट नेपाल प्रहरीका असईसहित ५ जना पक्राउ, ३ लाख ३४ हजार बरामद



बुटवल : कैलाली गोदवरी नगरपालिका–१० खमौरास्थित जंगलमा जुवातास खेलिरहेका प्रहरी सहायक निरीक्षक (असई) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत असई पुष्कर भट्टसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक विष्टले जानकारी दिए । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–७ का पुष्कर भट्ट, सोही नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय डबल चन्द, ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी–५ का ४० वर्षीय टेक बहादुर विष्ट र कञ्चनपुर भीमदत्त नगरपालिका–४ का ३७ वर्षीय सन्तोष चन्द छन् । जुवाखालबाट प्रहरीले ३ लाख ३४ हजार नगदसमेत बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस !