१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता बराबरको आईपीओ जारी गर्ने



हेटौडा : सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ सिस्टममार्फत ६० लाख कित्ता बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर संस्थागत लगानीकर्ता,स्थानीय जिल्लावासी र कर्मचारी तथा अन्य सर्वसाधारणका लागि आईपीओको रुपमा जारी गर्ने भएको हो । कम्पनीका अनुसार कुल ६० लाख कित्ता सेयर मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताहरुका लागि, ८ लाख कित्ता स्थानीय जिल्लाबासीका लागि र बाँकी २८ लाख कित्ता सेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको हो ।

पहिलो पटक बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न लागेको कम्पनीले आईपीओको प्रति कित्ता सेयर मूल्य कम्तिमा ७ सय ५० रुपैयाँ रहने जनाएको छ । कम्पनीको आन्तरिक मूल्याङ्कनका आधारमा न्यूनतम सेयर मूल्य ७ सय ५० हुने अनुमान गरिएकोमा संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट अझ बढ्ने सक्ने जनाएको छ । सिमेन्टको आईपीओमा लगानीकर्ताले न्यूनतम ६० कित्ता सेयरका लागि आवेदन दिनु पर्ने बताइएको छ । बुधबार एक समारोहका बीच सेयर जारी गर्ने कम्पनी सर्वोत्तम सिमेन्ट र इस्यु म्यानेन्जर क्यापिटल बैँकबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । लाख कम्पनीको चुक्तापुँजी ३ अर्ब ४० करोड रहेको छ भने ६० लाख कित्ता सेयर जारी गरिसकेपछि कम्पनीको चुक्तापुँजी कुल ४ अर्ब रुपैयाँ पुग्नेछ ।

 


प्रतिक्रिया दिनुहोस !