१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नेपाल समूहको भेलामा झापा विद्रोहका कमाण्डर राधाकृष्ण मैनाली पनि उपस्थित



काठमाडौं । नेकपा एमालेको खनाल नेपाल समूहको राष्ट्रिय भेलामा झापा सशस्त्र विद्रोहका कमाण्डर तथा पुराना कम्‍युनिष्ट नेता राधाकृष्ण मैनाली पनि उपस्थित भएका छन् । ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्‍युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइरालासँगै मञ्‍चमा मैनाली पनि उपस्थित भएका हुन् । २०२८ मा झापा विद्रोहपछि १४ वर्ष जेलजीवन बिताएका ओली बहुदलआएसँगै २०४७ मा वाममोर्चाको कार्यवाहक अध्यक्ष बन्ने मौका पाए हुन मैनाली। एमालेमा रहँदा दुईपटक र एमाले विभाजनपछि मालेबाट एकपटक मन्त्री बनेका उनले राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रिपरिषद्मा पनि ओलीले शिक्षामन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् । मैनालीले एमालेका तीन ठूला नेता अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपालको राजनीतिक जीवनलाई नजिकबाट व्यहोरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !