१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता जवेगु एमालेमा प्रवेश गर्ने तयारीमा



काठमाडौं : पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका तत्कालीन पोलिटब्युरो सदस्य श्रीप्रसाद जवेगु नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । संविधान सभा सदस्य समेत रहेका जवेगु नेकपा माओवादी केन्द्रमा कुनै जिम्मेवारी नपाएकाले आफू एमालेमा प्रवेश गर्न लागेको बताएका छन् । नेकपालाई सर्वोच्च अदालतले खारेज गरेसँगै उहाँ एमाले प्रवेश गर्न लागेका हुन् । २०७५ सालमा एमाले र माओवादी केन्द्र एकता भएपछि पार्टीले कुनै जिम्मेवारी नदिएपछि एमालेमा प्रवेश गर्न लागेका हुन् । औपचारिक रुपमा केही दिनमा एमाले प्रवेश गर्ने उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ३ गते बालुवाटारमा आयोजना गर्नु भएको चियापान कार्यक्रममा नेता जवेगु पनि उपस्थित रहेका थिए ।


प्रतिक्रिया दिनुहोस !