१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

सेवाग्राहीसँग ६ लाख घुस लिईरहेका मालपोत कार्यालय प्रमुखसहित २ पक्राउ



बारा। बारा मालपोत कार्यालय सिमराका प्रमुख नायव सुब्बा घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग ६ लाख घुस लिइरहेको अवस्थामा नासु मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भनेर सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने र उक्त काम गरिदिएवापत घुस मागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । उनीहरूमाथि कानुनी कारबाहीका लागि प्रक्रिया बढाएको अख्तियारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !