१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

एक करोड ८५ लाखको चेक बाउन्स गर्ने जग्गा दलाल उपेन्द्र ढुंगाना पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १ करोड ८५ लाख रुपैयाँ बराबरको चेक बाउन्स मुद्दामा फरार रहेका जग्गा दलाल उपेन्द्र ढुंगानालाई पक्राउ गरेको छ । उर्मिला कँडेलको जाहेरीले उच्च अदालत पाटनले २०७७ माघ ५ गते झापाको साविक महारानीझोडा गाविस हाल गौरादह नगरपालिका वडा नम्बर १ स्थायी ठेगाना भएका उपेन्द्र प्रसाद ढुङ्गानालाई एक महिना कैद र १ करोड ८५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

उक्त सजाय बेरुजू रही फरार रहेका ढुङगानालाई सिआइबीले हिजो मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको छ । ढुङ्गानाले २०७५ असार २ गते आफ्नो खातामा पर्याप्त रकम मौज्दात नभएपनि प्रभु बैंक शाखा कार्यालय सुकेधारामा रहेको खाताबाट पीडित तथा जाहेरवाला उर्मिला कँडेललाई चेक दिएका थिए । सोही चेक बाउन्स भएपछि उनीविरुद्ध पीडित शर्मिलाले जाहेरी दिएकी थिइन् । प्रहरीका अनुसार ढुंगाना जग्गा दलालीको काम गर्छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय