१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

यातायातको महानिर्देशकमा घिमिरे र सूचना विभागमा गोगनबहादुर हमाल



काठमाडौं । यातायात व्यवस्था विभागको महानिर्देशकमा सहसचिव नमराज घिमिरे नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनलाई सो जिम्मेवारी दिएको हो । घिमिरे यसअघि हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । घिमिरे १० महिनाअघि मात्र सहसचिवमा बढुवा भएका थिए । यस्तै सूचना विभागका महानिर्देशकमा गोगन बहादुर हमाललाई पठाइएको छ । हमाल यस अघि यातायात व्यवस्था विभागका महानिर्देशकका रुपमा कार्यरत थिए । केही अघि सहसचिवहरुको सरुवा हुँदा उनलाई विभागबाट सञ्चार मन्त्रालयमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !