१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

काम गर्दै जाँदा पुरुषहरुले इर्ष्या गर्दा रहेछन् : पूर्वप्रधानन्यायाधीश कार्की



काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई प्रधानन्यायाधीश बन्न नदिन धेरै तिकडम भएको बताएकी छिन् । कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिक पत्रिकाद्वारा आयोजित निर्भीक नारी कार्यक्रमको स्वाभिमानलाई सम्मान सत्रलाई सम्बोधन गर्दै कार्कीले आफूलाई प्रधानन्यायाधीश बन्न नदिन धेरै चलखेल भएको बताएकी हुन् । काम सुरु गर्दा म प्रधानन्यायाधीश हुने लाइनमा हुन्छु भन्ने थाहा थिएन । कसैले भनेपछि हो रहेछ भन्ने भयो । सिनियर न्यायाधीशहरूले मेरो इमान्दारिता देख्नु भएको थियो । मलाई प्रधानन्यायाधीश हुन नदिन कति तिकडम भए । तर मैले एकरति त्यता ध्यान दिइनँ । म अलिअलि भगवान‍्मा पनि आस्था राख्ने भएकाले ईश्वरले नेपालको पहिलो प्रधानन्यायाधीश मलाई नै बनाउँछन् भन्ने विश्वास लागेको थियो । इमान्दारिता देखाएर आफू सफल भएको र लडाइँ जितेको कार्कीले बताइन् ।

आफू सधैँ लैंगिक समानताका लागि लडेको पनि कार्कीको भनाइ थियो । धरान, विराटनगर र सर्वोच्चमा रहँदा यस विषयमा लागिरहेँ । ठाउँ छोडेर भाग्ने मेरो बानी छैन । भन्नलाई महिलाले किन गर्न सक्दैनन् भन्छन् । तर महिलाको एउटा समाज छ । पुरुषको एउटा समाज छ । तर काम गर्दै जाँदा इर्ष्या गर्ने पुरुष हुँदा रहेछन् । अप्ठ्यारोमा पार्ने पुरुष पनि हुँदा रहेछन् र सहयोग गर्ने पुरुष पनि हुँदा रहेछन्,ु पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन् । त्यस्तै कार्कीले नेताहरूले न्यायाधीशहरुलाई आफ्नो इशारामा चलाउन खोज्ने गरेको पनि बताइन् ।


प्रतिक्रिया दिनुहोस !