७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अर्बौ ऋणमा डुबेको वाईडबडी बिमान थन्कियो



काठमाडौं । कोरोनाले थला परेको र अर्बौ ऋणमा डुबेको नेपाल वायुुसेवा निगमको वाईडवडी बिमान पनि थला परेको छ । करिब १ महिना अघि जहाज अवतरण गर्दा धावनमार्गमा ठोक्किएर हार्ड ल्यान्डिङ भएपछि वाईडवडी ३३० २०० अन्नपुर्ण थन्किएको हो । करिब १ महिनाअघि धावनमार्गमा ठोक्किएपछि विमान थला परेको हो । निगमले विमान बनाउन अझै ५० करोड बढि लाग्ने जनाएको छ । यसरी विमान थला परेपछि वायुसेवा निगमले सो विमान बनाउनका लागि लागत अनुमान गरि एयरबसलाई पठाएको छ तर जानकारी भने आएको छैन, यद्यपी निगमले भने ५० करोड सम्म लाग्ने जनाएको छ । हाज जुन गतिमा ल्यान्ड गर्नुपर्ने हो, त्यो भन्दा गति बढेर अवतरण गर्दा हार्ड ल्यान्डिङ हुन्छ ।

पुस २४ गते हार्ड ल्यान्डिङ गराइएको विमान एक महिनासम्म थाहै नदिई उडाइएको थियो भने त्यसको १ महिनापछि मात्रै निगमलाई जानकारी गराइएको थियो । निगमले थाहा पाएपछि मात्रै यात्रुहरुको सुरक्षाका लागि विमान ग्राउन्डेड गरिएको निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलले जानकारी दिए । निगमले छिटो चलाउने गरि निगमले तयारी गरिरहेको दाबी गरेको छ । यो विमान बनाउन अझै केही हप्ता लाग्ने निगमले जनाएको छ । निगमलाई धेरै पछि मात्रै जानकारी आउँदा हजारौं यात्रुहरुले असुरक्षित यात्रा गर्न बाध्य भएका थिए ।


प्रतिक्रिया दिनुहोस !