७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

तीन बच्चाकी आमा ७ कक्षामा अध्ययनरत १६ वर्षीय किशोरसँग भागेपछि…..



एजेन्सी : भारतको उत्तरप्रदेशको गोरखपुरस्थित एक गाउँमा तीन बच्चाकी आमा गाउँकै विद्यालयमा ७ कक्षामा अध्ययनरत १६ वर्षीय किशोरसँग हराएपछि घटनाले व्यापक चर्चा पाएको छ । घटनापछि किशोरको परिवारले प्रहरीमा उजुरी दिएको भरतीय संचार माध्यमहरुले बताएका छन् । उजुरीसँगै प्रहरीले पनि महिला र किशोरको खोजीलाई तीव्र बनाएको छ । महिला र किशोर लामो समयदेखि एकअर्काप्रति राम्रो घुलमिल गर्ने गरेको स्थानीयले जनाएका छन् । यद्यपि भाग्ने नै बारेमा भने कसैले पनि अनुमान नगरेको उनीहरूको भनाइ छ । १० मार्चको रातिदेखि दुवै गाउँमा देखिएका छैनन् । एकै रात महिला र किशोर हराएपछि गाउँमा भने हल्ला फैलिएको छ । किशोरको परिवारले दुवैलाई सम्पर्कमा ल्याउन प्रयास गरे पनि नसकेपछि प्रहरीकोमा खबर गरेका थिए । प्रहरीले जाँचलाई तीव्र बनाए पनि अहिलेसम्म उनीहरू सम्पर्कमा नआएको समाचार उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !