६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

इन्टिग्रेटेड ट्याक्स सिस्टमको सेवा अवरुद्ध हुनसक्ने



काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको इन्टिग्रेटेड ट्याक्स सिस्टमको सेवा अवरुद्ध हुनसक्ने देखिएको छ । आउँदो शुक्रबार बेलुकी ४ बजेदेखि ७ गते शनिबार बेलुकी ५ बजेसम्म सेवा अवरुद्ध हुनसक्ने विभागले जनाएको हो । यसअन्तर्गतका करदाता पोर्टल, अफिसर पोर्टल, ई-आईएमएस र एपीआईहरुमा सेवा प्रभावित हुनसक्ने छ । विभागले सिस्टम अपग्रेड गर्नुपर्ने भएका कारण इन्टिग्रेटेड ट्याक्स सिस्टम अवरुद्ध हुनसक्ने भन्दै सूचना प्रकाशित गरेको हो । ‘यसबाट करदाता एवम् सरोकारवाला सबैमा पर्नसक्ने असुविधाप्रति आन्तरिक राजस्व विभाग क्षमाप्रार्थी छ,’ विभागको सूचनामा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय