८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

अफगानिस्तानमा ३४ तालिबानी लडाकू मारिए



एजेन्सी : अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीका क्रममा थप ३४ लडाकूको मृत्यु भएको छ । तालिबान लडाकूविरुद्ध जारी राखिएको सुरक्षा कारबाहीका क्रममा देशको दक्षिणी कान्दाहार प्रान्तमा उनीहरूको मृत्यु भएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ । लडाकू विमानसमेत परिचालन गरेर गरिएको सुरक्षा कारबाही अर्घान्डाब, पन्ज्वाय, झारी र स्पिन्बोल्डाक जिल्लामा भएको थियो । सुरक्षा कारबाहीका क्रममा अरू नौ जना घाइते पनि भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा सुरक्षाकर्मीतर्फ कुनै क्षति भएको विवरण उल्लेख गरिएको छैन । सुरक्षाकर्मीहरूले घटनास्थलबाट लडाकूहरूले प्रयोग गर्ने गरेको आठ मोटरसाइकल, केही हतियार तथा विस्फोटक पदार्थसमेत बरामद गरेका छन् । घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक नभएको समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !