८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

तीन महिने अभियान सञ्चालन गर्ने नेपाल-खनाल समूहको तयारी



काठमाडौं : नेकपा एमालेको खनाल–नेपाल समूहले तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । बुधबारदेखि ललितपुरमा शुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाले आज तीन महिने अभियानका कार्यक्रम पारित गर्नेछ । पारित भएपछि केन्द्रदेखि वडासम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने खनाल–नेपाल पक्षको तयारी छ । अभियान अन्तर्गत तल्लो तहसम्म भेला, बैठक, प्रशिक्षण र पार्टी कार्यालयहरु सञ्चालनको क्रम अघि बढाइनेछ । अध्यक्ष केपी शर्मा ओलीले एकल निर्णय गर्दै पेलेर जाने नीति अख्तियार गरेपछि खनाल–नेपाल पक्ष पार्टी एकताको सम्भावना टर्दै गएको निश्कर्षमा पुगेको हो । तर भेलाले पार्टी फुटाउने वा अर्को केन्द्रीय कमिटी बनाउनेबारे भने अहिले कुनै निर्णय नगर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !