८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

बयालिस अंकले बढ्यो शेयर बजार



काठमाडौं । गएको सातासम्म लगातार ओरालो लागेको सेयर बजारले यो साता पुनः उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार २४०० अंकको विन्दुबाट तल झरको सेयर बजार पछिल्लो तीन कारोबार दिनमा भएको वृद्धिसँगै २५०० अंकको विन्दुलाई पछ्याएको छ । साताको अन्तिम कारोबार दिन आज बजार परिसूचक नेप्से ४२.९५ अंकले वृद्धि भएर २४७५.०९ अंकमा बन्द भएको छ । गएको फागनु ९ गते २१४० अंकको ऐतिहासिक विन्दुमा पुगेको थियो । त्यसपछि घट्न सुरु भएको नेप्से यही साताको सोमबार २३८९.१९ अंकसमम झरेको थियो । त्यसपछि मंगलबार बुधबार र बिबीबार तीन दिन लगातार बढेको नेप्सेले पुनः २५०० अंकको विन्दुलाइ पछ्याएको छ ।

बजार परिसूचक बढ्न लागे पनि कारोबार रकम भने स्थिर नै देखिएको छ । अघिल्लो महिना दैनिक औसत ८ अर्बमाथिको कारोबार भएको बजारमा यो साता कारोबार रकम ३÷४ अर्बमा मात्रै सीमित भएको छ । यद्यपि, हिजो बुधबारको तुलनामा भने कारोबार रकम बढेको छ । बुधबार ३ अर्ब ३७ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ६६ करोडको कारोबार भएको छ । नेपाल बंगलादेश बैंक नबिल बैंकसँग मर्जरमा जान लागेको हल्ला फैलँदा लगनीकर्ता बैंकको सेयरमा झुम्मिएका छन् । सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बैंकको २२ लाख ३४ हजार २१६ कित्ता सेयर किनबेच हुँदा ७७ करोड २ लाख ९९ हजारको कारोबार भएको छ । यस्तै, नेपाल इन्फ्रास्ट्रचर बैंकको २१ करोड ६६ लाख १५ हजार, नेपाल लाइफ इन्स्योरेन्सको १३ करोड ४४ लाख ९९ हजारको कारोबार भएको छ ।

काठमाडौं । गएको सातासम्म लगातार ओरालो लागेको सेयर बजारले यो साता पुनः उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार २४०० अंकको विन्दुबाट तल झरको सेयर बजार पछिल्लो तीन कारोबार दिनमा भएको वृद्धिसँगै २५०० अंकको विन्दुलाई पछ्याएको छ । साताको अन्तिम कारोबार दिन आज बजार परिसूचक नेप्से ४२.९५ अंकले वृद्धि भएर २४७५.०९ अंकमा बन्द भएको छ । गएको फागनु ९ गते २१४० अंकको ऐतिहासिक विन्दुमा पुगेको थियो । त्यसपछि घट्न सुरु भएको नेप्से यही साताको सोमबार २३८९.१९ अंकसमम झरेको थियो । त्यसपछि मंगलबार बुधबार र बिबीबार तीन दिन लगातार बढेको नेप्सेले पुनः २५०० अंकको विन्दुलाइ पछ्याएको छ ।

बजार परिसूचक बढ्न लागे पनि कारोबार रकम भने स्थिर नै देखिएको छ । अघिल्लो महिना दैनिक औसत ८ अर्बमाथिको कारोबार भएको बजारमा यो साता कारोबार रकम ३/४ अर्बमा मात्रै सीमित भएको छ । यद्यपि, हिजो बुधबारको तुलनामा भने कारोबार रकम बढेको छ । बुधबार ३ अर्ब ३७ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ६६ करोडको कारोबार भएको छ । नेपाल बंगलादेश बैंक नबिल बैंकसँग मर्जरमा जान लागेको हल्ला फैलँदा लगनीकर्ता बैंकको सेयरमा झुम्मिएका छन् । सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बैंकको २२ लाख ३४ हजार २१६ कित्ता सेयर किनबेच हुँदा ७७ करोड २ लाख ९९ हजारको कारोबार भएको छ । यस्तै, नेपाल इन्फ्रास्ट्रचर बैंकको २१ करोड ६६ लाख १५ हजार, नेपाल लाइफ इन्स्योरेन्सको १३ करोड ४४ लाख ९९ हजारको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस !