१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

मैले ओलीको बुर्जुवा हेडक्वाटरमा बम हाने : प्रचण्ड



काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला सर्वोच्च अदालतले पार्टी फुटाइदिएर आफूहरूलाई टाउकामा हानेको जस्तो भएको बताएका छन् । बुधबार सिन्धुलीमा नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रियामा दाहालले फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताएका हुन् । अध्यक्ष दाहालले नेकपा हुँदा पार्टीभित्रै संघर्ष गरेर आफूले केपी ओलीको बुर्जुवा हेडक्वाटरमा १९ पेज लामो दस्तावेजको बम हानेको बताए । उक्त बम हानेपछि लडाईं सुरु भएको बताउँदै उनले अहिले महामारी चलिरहेको टिप्पणी गरे । मैले १९ पृष्ठ लामो दस्तावेजको बम हानेको थिएँ, तर केपी जीले जनप्रतिनिधिको संस्थामाथि नै बम हाने प्रचण्डले भने ।

 


प्रतिक्रिया दिनुहोस !