१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

ओलीलाई बैठक बोलाउन माधव नेपालको चुनौती



काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र उनको विचारको भण्डाफोर गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । कार्यकर्ता भेलाको अन्तिम दिन नेता नेपाले पार्टीमा ओलीले धेरै भ्रम सिर्जना गरेको भन्दै नेता कार्यकर्ता लडाउन र भिडाउने काम हुन सक्ने भएकाले सोही अनुसार सचेत हुन पनि आग्रह गरेका छन् । उनले एमालेको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोमा आफ्नो पक्ष नै बहुमतमा रहेको भन्दै केन्द्रीय कमिटीमा समेत बहुमत पुग्ने दावी गरे । नेपालले ओलीसँग कमिटीको सामना गर्ने आँट नरहेकाले उनी वैधानिक रूपमा अगाडि बढ्न नचाहेको बताए । ‘हामी चुनौती दिन चाहन्छौ बैठक बोलाउन त्यहाँ सामना गरौंला’, नेपालले ओलीलाई चुनौती दिए ।

उनले ओलीसँग नडराउने, नतर्सिने नझुक्ने पनि बताए । ‘हामी कमजोर छैनौं । कस्ता कस्तासँग डराइएन । यस्ता मानिससँग हामी डराउँदैनौ’ नेपालको दावी छ । ओलीको विचार र प्रवृत्ति विरुद्ध भण्डाफोर गर्नुस् देशैभर । जबजको मूल्य मान्यताअनुसार भण्डाफोर गर्ने हो’ निर्देशन दिँदै नेपालले भने । उनले कार्यकर्ताहरूलाई जनताको पीडा र समस्यामा साथ दिएर अगाडि बढ्न पनि निर्देशन दिए । ‘२०७१ देखि २०७५ को वैशाख र पार्टी एकीकरण हुँदाको अवस्था ओलीले के–के गरे तिनको समीक्षा गरेर अगाडि बढ्ने हो । एकता गर्दा मनपरी मानिस नियुक्त गरे । प्रधानमन्त्री भएको दिनदेखि राज्यका निकायलाई आफ्नो मातहतमा ल्याउने काम गरे । एकल रूपमा शासन गर्ने काम भयो’ उनले ओलीलाई सम्झाउन र सुधार्न धेरै प्रयास गरेपनि असफल भएको बताए ।


प्रतिक्रिया दिनुहोस !