७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

विप्लवलाई एकतामा आउन आह्वान गर्नेदेखि एमसीसी पास गर्नेसम्मको नेपाल समूहको प्रस्ताव



काठमाडौं : काठमाडौंमा सम्पन्न नेकपा एमालेको नेपाल–खनाल पक्षीय राष्ट्रिय भेलाले विभिन्न १७ बुँदे प्रस्ताव पारित गरेको छ । पार्टीका उपाध्यक्ष भिम रावलले ती प्रस्ताव भेलामा प्रस्तुत गर्नुभएको थियो । कार्यकर्ताले ताली बजाएर प्रस्ताव पारित भएको घोषणा गरिएको थियो । विहीवार सम्पन्न भेलाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वाम एकतामा सहभागी हुन आह्वान गर्नेदेखि एमसीसी सम्झौतालाई देशको हितमा बनाउनुपर्ने सम्मका बुँदाहरु प्रस्तावमा उल्लेख छन् । भेलाले एमाले र माओवादी केन्द्रलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाएको छ । अदालतले कानुनी नभई राजनीतिक फैसला गरेको ठहर भेलाले गरेको छ । भेलाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको भने स्वागत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !