१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

काठमाडौं महानगरपालिकाका वडासचिव चार लाख घुससहित पक्राउ



काठमाडौं : महानगरपालिका– ३० का सचिव भरतकुमार पोखरेल घुससहित पक्राउ परेका छन् । निर्माण कार्य सम्पन्नपश्चात् बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग उनले घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई चार लाख घुससहित कार्यकक्षबाटै बिहीबार पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस !